राजबिराज । महिला क्रिकेट खेलाडी उत्पादन र विकासका लागि राजबिराजमा चार दिवसीय जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको महिला उद्घाटन खेलमा मोरंग बिजयी भएका छन् ।
मोरंग महिला क्रिकेट टिमले सप्तरी महिला क्रिकेट टिमलाई १ सय ५ रनले को फराकिलो अन्तरले जित हात पारेको हो । मोरंगले दिएको १ सय ७६ रनको योगफल लाई पछयाउने क्रममा सप्तरीले ७१ रन मात्र बनाएपछि मोरंग १ सय ५ रनले बिजयी भएको हो ।
टस जितेर मोरंगले निर्धारित २० ओभरमा ९ बिकेटको क्षतिमा १ सय ७६ रनको योगफल खडा गरेका थिए । जसमा काजल राजबंशीले २३ रन, सोनु राजबंशी २२ रन र पुर्णिमा राजबंशी २० रन बनाएका थिए ।
प्रतिउत्तरमा सप्तरीले १८ ओभर १ बलमा ७१ रन मात्र बनाएका थिए । जसमा साझी यादबले १९ रन, दिपा रामले १६ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन । प्लेयर अफ म्याच मोरंगका सानू राजबंशी घोषित भएको सबल नेपालका कार्यक्रम संयोजक आशिष गुप्ताले जानकारी दिए ।
मंगलबार स्थानीय पवि माविको खेल मैदानमा एमसिसी फाउन्डेसन तथा क्रिकेट विईथ बाउन्ड्रिज सँगको साझेदारीमा सबल नेपाल द्वारा संचालित क्रिकेट फोर इक्विलिटी परियोजना अन्तर्गत जिल्ला स्तरीय महिला क्रिकेट चार दिवसीय प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको मंगलबार एक कार्यक्रम बिच राजबिराज नगरपालिका का।वा नगर प्रमुख ईसरत परविन र सबल नेपालका सिनियर म्यानेजर अशोक साहले बलिँग र सप्तरी क्रिकेट संघका सचिव चन्दन यादबले किपिङ गर्दै खेलको उद्घाटन गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |