राजबिराज । सप्तरी युथ सहितका संस्थाले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई ५ दिन देखि दैनिक निः शुल्क खाना खुवाउँदै आएको छ ।
सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज, मिसन कलेज र पदमा एन्ड टुरिजम बथनाहाको सहकार्यमा खाना खुवाउने व्यवस्था मिलाइएको हो ।
सो कार्यक्रमअन्तर्गत बिहान र बेलुका निः शुल्क खाना खुवाउने गरिएको सप्तरी यूथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिए ।
सप्तरी युथ नेपालका विपद् व्यवस्थापन समिति संयोजक सत्येन्द्र यादवका अनुसार दैनिक भोजन सेवा सञ्चालन गरी खाना खुवाउने व्यवस्था मिलाइएको हो । उहाँका अनुसार अग्निपीडितलाई दैनिक बिहान र बेलुका खाना खुवाउने गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |