राजविराज । सप्तरीमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । सप्तरी जिल्ला कबड्डी संघको आयोजना तथा अखिल नेपाल कबड्डी संघको समन्वयमा बैशाख २९ देखी जेठ १ गतेसम्म सञ्चालन रहने छ ।
जिल्ला कबड्डी संघद्वारा सोमबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगितामा सातवटा प्रदेश र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित तीन विभागीय टोली गरी १० वटा टिम सहभागी हुने जनाएको छ ।
अखिल नेपाल कबड्डी संघको नियमानुसार खेलाइने खेलमा विभिन्न १० टिम बिच प्रतिस्पर्धा हुने कबड्डी प्रतियोगितामा सहभागी खेलाडीहरूको लागि खाना, बसोबास र फिल्ड ब्यबस्थापन सहितका सम्पूर्ण तयारी पुरा भइसकेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रशेखर चौधरीले जानकारी दिए । उद्घाटन खेल बैशाख २९ गते दिउँसो ४: ०० बजे हुनेछ र उद्घाटन खेल मधेस र कोशी प्रदेश बिच प्रतिस्पर्धा हुने अध्यक्ष चन्द्रशेखर चौधरीले जनाएका छन् ।
मुख्य प्रायोजक राजविराज नगरपालिका र सह प्रायोजक अग्नीसाईर कृष्णासरवन गाउँपालिका रहेको प्रतियोगितामा २६ लाख ६५ हजार ५ सय रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |