राजविराज । नेपाल बैक लिमिटेड फत्तेपुर शाखाका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयाललाई लाई धारिलो हतियार प्रहार गरी हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तकोशी नगरपालिका वडा नम्बर -५ बस्ने ३२ वर्षीय चन्द्र बहादुर सुवेदीलाई चितवनको राप्ती नगरपालिका वडा नम्बर -१ लोथर बाट शनिवार पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय वाट खटिएको तालिम प्राप्त कुकुर सहितको प्राविधिक सहयोग र अनुसन्धान टोली तथा जिल्ला प्रहरी कार्यालय सप्तरी समेतको संयुक्त अनुसन्धान टोलीले उक्त बैकमा रहेको सिसिटिभी फुटेजको अध्ययन विषलेश्ण गरी घटनामा संलग्न रहेका सुवेदीलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी बताए ।
पक्राउ परेका सुवेदीका साथबाट घटनामा प्रयोग भएको खुकुरी, झोला, घटनाको समयमा लगाएको जुत्ता, पन्जा, सन्डो, टोपी, सल, घटनमा प्रयोग भएको हेक्सो बलेड, रिन्च, पिलास, डोरी, रड र वारदात स्थलमा प्रयोग गरेको काठ समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार अभियुक्त सुवेदी सशस्त्र प्रहरीमा नौ वर्ष जागिर गरेर छोडेका थिए । बेरोजगारी र ऋणको चपेटामा रहेको उनले घट्ना भन्दा पाँच दिन अघि बैकमा प्रवेश लुटपाटको योजना बनाएको थियो । घट्नामा संलग्न अभियुक्तबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता ढुण्डिराज नेउपानेले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |