जनकपुरघाम । मधेश प्रदेश सभा बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) का सांसदहरुले अवरुद्ध गरेका छन् ।
प्रदेश सभा बैठक सुरु हुन साथ लोसपाकी प्रदेश सांसद रानी शर्मा तिवारीले बजेट संशोध नभएसम्म प्रदेश सभा बैठक चल्न नदिने अडानपछि लोसपा र जसपाका प्रदेश सांसद उभिएपछि सभामुख रामचन्द्र मण्डलले बैठक केहीबेरको लागि स्थगित गरेको छ ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा त्रुटी भएको भन्दै विपक्षी दल नेपाली कांग्रेस, लोसपा, जसपाले बजेट संशोधनको माग गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाएपनि सरकारले बजेट संशोधन नगरेको भन्दै बजेटको छलफल लोसपाले अवरुद्ध गरेको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |