राजबिराज । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानले शिलान्यास समारोहको तेस्रो वार्षिकोत्सव मनाएको छ ।
शनिवार रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को पूर्वाधार तथा विकास समिति र गजेन्द्र नारायण सिँह अस्पतालको संयुक्त आयोजनामा रन फोर हेल्थ प्रतियोगिताको आयोजना गरि मनाइएको छ ।
राजबिराज स्थित राजदेबी मन्दिरको प्रागण वाट प्रतिष्ठान पूर्वाधार समिति र अस्पतालका चिकित्सक, राजनीतिक दल, अस्पतालका कर्मचारी, समाजसेवी, स्थानियहरूले स्वास्थ्यका लागि दौडमा सहभागिता जनाएको थियो ।
उक्त अवसरमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को पूर्वाधार तथा विकास समितिका अध्यक्ष डा. पशुपति चौधरीले प्रतिष्ठानको काम अगाडि बढि सकेकोले जिल्लावासीलाई जनचेतना, सम्झनाको लागि तेस्रो वार्षिकोत्सव मनाइरहेको बताए ।
उनले भने प्रतिष्ठानको ऐन निर्माणमा ढिलाई हुँदा निर्माण कार्य केही सुस्त देखिए पनि सम्झौता सम्पन्न भएपछि अब निर्माण कार्यले गति लिने उनको भनाई छ ।
प्रतिष्ठान भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागी सम्झौता भएसँगै राजविराज नगरपालिका वडा नं. १० स्थित हुलाकी राजमार्गको छेउमा नगरपालिकाले उपलब्ध गराएको ६२ विघा जग्गामा निर्माण कार्य अगाडि बढेको छ ।
प्रस्तावित जग्गाको घेरवार, वातावरणीय प्रभाव मुल्याँकन, भूमिको अवस्था, माटोको परिक्षण लगायतको काम यस अघि नै सकाएको प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले डीपीआरको काम समेत अघि बढाएको छ ।
राजविराज नगरपालिका- १० मा बन्ने प्रतिष्ठानलाई ३० वर्षका लागि ६२ बिघा जग्गा नगरपालिकाले उपलब्ध गराएको छ । प्रतिष्ठानको नाममा जग्गा आएपछि २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए ।
स्वास्थको लागी दौड (रन फोर हेल्थ) प्रतियोगितामा पुर्व सासंद सुभाष यादब, बिकास समितिका अध्यक्ष डा पशुपति चौधरी, अस्पतालका निमित मेसु डा. नागेन्द्र यादब, जसपाका युवा नेता दिनेश यादब, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, सप्तरीका अध्यक्ष अजय कुमार झा, लगायत अस्पतालका चिकित्सकहरू सहभागिता जनाएका थिए ।
दौड प्रतियोगितामा पहिलो हुने डा. कृष्णदेव ठाकुर दोस्रो डा. रोशन कुमार मिश्र तेस्रो संजय कुमार साह स्थान प्राप्त गरेका थिए।
त्यस्तै महिला तर्फ अस्पतालका स्टाफ नर्स मालती बुढाथोकी, दाेस्राे संगीता मण्डल र तेस्राे मनिषा सिमखडा तथा राजनीती दल तर्फ पहिलाे सुभाष यादव दाेस्राे दिनेश यादव र तेस्राे शत्रुधन प्रसाद शाह स्थान प्राप्त गरेकाे अस्पतालका धिरेन्द्र सिँह जानकारी दिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |