जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा सहभागी माओवादी केन्द्रसहित चार दलका मन्त्रीलाई बर्खास्त गरेका छन् ।
आज शनिबार मुख्यमन्त्री सिंहले माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, नेकपा एसका कृषिमन्त्री गोविन्द न्यौपाने र खानेपानीमन्त्री बेची लुङ्गेली, नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री बनेकी विमला अन्सारी र नेपाल नागरिक उनमुक्ति पार्टीबाट यातायातमन्त्री बनेकी उर्मिला सिंहलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री सिंहले आज शनिबार दिउँसो प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्री सिंहलाई कांग्रेस, लोसपा र एमालेले विश्वासको मत दिएर सरकारमा सामेल हुने भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |