राजविराज । पहाडी क्षेत्रमा निरन्तर भारी वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार आज आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ । ।
पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएको छ । सप्तकोशी नदीमा अझै बहाव बढ्न सक्ने भएकाले नदी आसपासका बस्तीमा सर्तकता अपनाउन सूचना जारी गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |