राजविराज । आज मधेस, कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाग्मती प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
कोशी र मधेस प्रदेशका एक-दुई ठाउँमा मुसलधारे वर्षाको समेत सम्भावना छ । ती क्षेत्रका थोरै ठाउँमा अहिले पनि मध्यम वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभरको मौसम साधरणतया बदली रहने अनुमान छ । आज राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
ठूलो पानी पर्ने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |