राजबिराज । युवाहरूको हक अधिकारका लागि सशक्त बनाई समुदायको विकृति हटाउन र मूलधारमा ल्याउन बोदेबरसाईन नगरपालिकामा पालिकास्तरीय युवा संजाल गठन गरिएको छ ।
बोदेरसाईन नगरपालिका स्थित सभाहलमा नगरपालिकाको समन्वय र सबल नेपालको आयोजना तथा युएसएआइडीको सहयोग नागरिक, समाज तथा संचार कार्यक्रम (युएसएआइडी/सिएसएम) अन्तर्गत पालिकास्तरिय युवा संजाल पुन गठन गरिएको हो ।
गठित सन्जालको अध्यक्षतामा रोशन कुमार यादब, उपाध्यक्षमा किरण देबी यादब, सचिवमा सविता साह, सहसचिव लोकेन्द्र मण्डल र कोषाध्यक्षमा रविना चौधरी रहेको छ ।
त्यस्तै सदस्यहरूमा रेखा कुमारी यादब, राजबाबु साह, धर्मनाथ यादब, मिथलेश यादब, मोहम्मद सलिम, रोशन कुमार यादब, शोभा देवी मण्डल, मनोज कुमार यादब, महेन्द्र प्रसाद यादब, ब्रहमदेव यादब, मंजु कुमारी यादब फरहेका छन ।
गठित संजालले पालिकास्तरमा देखिएका युवा, महिला, दलित, सीमान्तकृत वर्गको आवाजलाई बढाउन तथा मुलधारमा ल्याउन र उनीहरूको समस्याहरूलाई पैरबी, वकालत मार्फत पहल गर्नका लागि युवा संजाल गठन गरिएको संजालका अध्यक्ष रोशन कुमार यादबले जानकारी दिए।
समुदायमा बेरोजगारी, बालविवाह, लागू औषध, स्वास्थ्य, लागू पदार्थ दुर्व्यसन , देहज प्रथा, समस्यालाई समाधान गर्नका लागि संजाललाई सशक्त, सक्रिय, बनाई अभियानको रूपमा परिचालन गरिने उद्देश्यले गठन गरिएको सबल नेपाल नागरिक, समाज र संचार कार्यक्रम अधिकृत तथा कार्यक्रमका सहजकर्ता सबनम यादबले बताईन ।
कार्यक्रममा सहभागीहरूले युवाहरूको क्षमता, योग्यता अनुसारको र सीप मूलक गुणस्तरीय शिक्षा, तालिमको अभाव कारण युवाहरू बेरोजगार भएको संजालका उपाध्यक्ष किरण देवी यादबले बताईन ।
सीपमुलक रोजगारको व्यवस्था नभएको, उधोगको संचालन, लागू पदार्थ सम्बन्धि तालिमहरूको ब्यवस्था, बालविवाह, दहेज प्रथा महिला हिंसा, बालश्रम न्यूनिकरण जस्ता युवा लक्षित कार्यक्रम, गरिब, एकल महिलाहरूलाई समय समयमा सहयोग सँगै रोजगारको ब्यवस्था नभएको कारण युवाहरू बेरोजगार सँगै समुदायमा विकृति बढ्दै गएको युवा संजालका सचिव सविता साहले बताईन ।
संजालका अध्यक्ष रोशन कुमार यादबले भने यस्ता विकृति हटाउन जनचेतना मूलक कार्यक्रम संचालन गरि समुदायमा देखिएका समस्याहरू समाधान गर्न र युवाहरूलाई समुदाय प्रति जवाफदेहिता बोध गराई समाजको विकासमा सहयोग पुर्याउने उद्देश्य रहेको बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |