राजविराज । सप्तरीको अग्नीसाईर कृष्णसवरन गाउँपालिका-२ स्थित चाँदनी बजारमा बिहीवार एक युवक मृत भेटिएका छन् ।
दिदीको घरमा बस्दै आएका सप्तरीको सुरुङ्गा नगरपालिका-५ का जिबछ विश्वकर्माको छोरा अन्दाजी २७ वर्षीय कृष्ण विश्वकर्मा आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्था मृत भेटिएको हो ।
मृतक कृष्ण १२ वर्षदेखि भिनाजुसँगै रुपनी-६ स्थित विरेन्द्र बजारमा सुन चाँदीको गहना बनाउने कारीगरको काम गर्दै आएका थिए । मृतक युवक अविवाहित हुन् ।
मृतकको शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ र घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |