राजबिराज । युवाहरूलाई मूलधारमा ल्याउन, सशक्त बनाउन र समाजिक बकालतका लागि डाक्नेश्वरी नगरपालिकामा पालिकास्तरीय युवा संजाल गठन गरिएको हो ।
बुधवार डाक्नेश्वरी नगरपालिका स्थित सभाहलमा नगरपालिकाको समन्वय र सबल नेपालको आयोजना तथा युएसएआईडीको सहयोग नागरिक, समाज तथा संचार कार्यक्रम (युएसएआइडी/सिएसएम) अन्तर्गत पालिकास्तरिय युवा संजाल पुन गठन गरिएको हो।
गठित सन्जालको अध्यक्षतामा मोहम्मद मजेवुलाह (मुन्ना),उपाध्यक्षमा सुनिता देवी चौधरी सचिवमा परविन कुमार यादब, सहचिव मा बेचु चौधरी र कोषाध्यक्षमा सविता साह रहेको छ । त्यस्तै सदस्यहरूमा जय कुमार साह, गोरी शंकर मण्डल, छेदी हसन, बिमल कुमार राय, सरिता साह, सरिता देवी पासवान, कबिता सरदार, अनिता साह, श्याम कुमारी सदा रहेका छन्।
गठित संजालले पालिकास्तरमा देखिएका युवा, महिला, दलित, सीमान्तकृत वर्गको आवाजलाई बढाउन तथा मूलधारमा ल्याउन र उनीहरूको समस्याहरूलाई पैरबी, वकालत मार्फत पहल गर्नका लागि युवा संजाल गठन गरिएको सबल नेपालका कार्यक्रम अधिकृत सवनम यादबले बताइन ।
कार्यक्रम सहभागीहरूले समुदायमा बेरोजगारी, बालविवाह, लागू औषध, स्वास्थ्य, लागू पदार्थ दुर्व्यसन , देहज प्रथा, समस्यालाई समाधान गर्नका लागि संजाललाई सशक्त, सक्रिय, बनाई अभियानको रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।
संजालका अध्यक्ष मोहम्मद मजेवुलाहले युवा, महिला, किशोरकिशोरी तथा सीमान्तकृत समुदायको समस्या र समुदायको विकृति हटाउन जनचेतना मूलक कार्यक्रम संचालन गरि समुदायमा देखिएका समस्याहरू समाधान गर्न र युवाहरूलाई समुदाय प्रति जवाफदेहिता बोध गराई समाजको विकासमा सहयोग गर्ने जस्ता क्रियाकलाप गरिने बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |