राजविराज । मोटरसाइकलको ठक्करबाट गत जेष्ठ १५ गते मृत्यु भएकी आफ्नी ५७ बर्षिय आमा जयमाला गुप्ताको घटनामा प्रहरीले अनुसन्धान गर्न ढिलासुस्ती गरेको छोरा डा. तुलाकृष्ण गुप्ताले राजविराजमा मंगलबार पत्रकार सम्मेलन गर्दे सो आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै डा. गुप्ताले आमालाई ठक्कर दिने मोटरसाइकल धनीको प्रभावमा परी प्रहरीले अनुसन्धान फितलो बनाएको आरोप लगाए । शङ्का लागेको मोटरसाइकल पहुँचवाला छन”, उनले भने, “विगतको घटनाहरूमा पनि प्रहरीलाई प्रभावमा पार्ने हैसियत राख्थे, यो घटनामा पनि प्रहरीलाई दवाव र प्रभाव पारी प्रभावकारी रूपले अनुसन्धान अगाडि बढ्न दिएको छैन ।
घटनालाई लिएर इलाका प्रहरी कार्यालय कंचनपुर र जिल्ला प्रहरी कार्यालयमा पटकपटक धाउँदा समेत सुनुवाइ नभएको उनले बताए ।
घटना अनुसन्धानमा प्रहरीले गरेको ढिलासुस्तीले थप आशङ्का उब्जाएको बताउँदै डा. गुप्ताले न्यायका लागि पहल गरिदिन स्थानीय प्रशासन, संचारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा सरोकारवालाहरूलाई आग्रह समेत गरे । प्रहरीबाट गरेको रुखो व्यावहारले थप पीडा थपिएको बताउँदै उनले यसले आफूलाई अझै निराश तुल्याएको दुखेसो पोखे ।
आमा दुर्घटनामा पर्नुभएको खबर पाएपछि तत्कालै जुम्लाबाट आएर एक हप्तासम्म उपचार गरे पनि आमालाई जोगाउन सकिएन,’ डा. गुप्ताले भने, ‘धर्म परम्परा अनुसार १३ दिनको किरिया बसेदेखि २ महिनासम्म ठक्कर दिने सवारी साधनको खोजीका लागि स्थानीय प्रहरी कार्यालय धाएको धायै छु, प्रहरी प्रधान कार्यालयदेखि गृहमन्त्री सम्म गुहारेको छु तर पनि दोषी पत्ता लागेको छैन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |