राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीका कोषाध्यक्ष समेत रहेका पत्रकार नवीन कुमार गुप्तालाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाही गर्न माग गरिएको छ । महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले जिल्ला प्रहरी प्रमुख एसपी गजुसिद्दी बज्राचार्यलाई उजुरी दिएका छन् ।
धम्की दिनेलाई कानुन अनुसार कार्वाही गर्न उजुरीमा माग गरिएको छ । कार्वाही नगरिए आन्दोलनमा उत्रिने उजुरीमा चेतावनी समेत दिइएको छ । जिल्लाको महादेवा गाउँपालिकामा भएको विद्युतीकरणमा अनियमितता सम्बन्धी राजविराज दैनिक पत्रिकामा समाचार लेखेकै कारण महादेवा गाउँपालिकाका अभिषेक मण्डलले ज्यान मार्ने धम्की दिएका छन् ।
पत्रकार गुप्ताका अनुसार मण्डलले फोन गरेर समाचारमा मेरो नाम किन हालेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |