राजविराज । पत्रकारलाई अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न गम्भिरता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।
महासंघका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा सो प्रकरणमा ’राजनीति’ गन्धसमेत आभाष भएको ठहर गर्दै पत्रकार महासंघको पहिलो प्राथमिकता पत्रकारको सुरक्षा नै भएको र त्यसमा सप्तरी प्रहरीले सक्रियता र गम्भीरता दुवै नदेखाएकोले पहिलो चरणको संघर्ष कार्यक्रम घोषणा गरिएको जनाइएको छ ।
संघर्षका कार्यक्रम अनुसार प्रहरीको माथिल्लो निकाय जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीवार ज्ञापन पत्र बुझाउने, शुक्रबारदेखि सप्तरी प्रहरीको समाचार बहिष्कार गर्ने र हातमा कालो पट्टि बाँधेर पत्रकारले काम गर्ने रहेको छ ।
यस अवधिमा पनि पत्रकार धम्काउनेमाथि प्रहरीले कारबाही नथालिए दोश्रो चरणको थप सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरिने महासंघ बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |