राजविराज । मैथिली र नेपाली सङ्गीत क्षेत्रका चर्चित गुरु एवं शास्त्रीय संगीतका ज्ञाता गुरुदेव कामतको निधन भएको छ ।
लामो समयदेखि मिर्गौला रोगका कारण ग्रसित उनको आज सिरहास्थित आफ्नै निवासमा बिहान ८ बजे ६९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गत चैत्रमा उनको दुवै मिर्गौलामा समस्या देखिएको थियो । उपचारका लागि आर्थिक सङ्कटको सामना गरिरहेका उनी उपचार गराउन नसकेर केही दिन अघि मात्रै काठमाडौँबाट आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।
मैथिली र नेपाली सङ्गीतको क्षेत्रमा गायक, सङ्गीतकार तथा सङ्गीत गुरुका रूपमा परिचित उनको निधनले नेपाली सङ्गीत जगत दुःखी बनेको छ । उनी नेपाल मात्रै नभई भारतसहित अन्तराष्ट्रिय जगतमा समेत परिचित थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |