राजबिराज । २५औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बलान बिहुल गाउपालिका र युवा संजालको अगुवाईमा वृक्षारोपण कार्यक्रम गरी मनाइएको छ ।
मंगलवार बलान बिहुल गाउपालिका अध्यक्ष खेमचन्द्र यादबले हुलाकी राजमार्ग स्थित बलान नदिको डिलमा बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरेका थिए ।
वृक्षारोपणको शुभारम्भ गर्दै अध्यक्ष यादबले वृक्षारोपण जलवायु परिवर्तनको अवसरबाट जोगिन मद्दत गर्ने भएकोले यस बर्ष गाउँपालिकाले निजी वन लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निजीवन प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
अध्यक्ष यादबले युवा, सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्नेमा जोड दिए ।
हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन सम्भव भएबाट राज्यले निर्माण गर्ने कानून, नीति एवं कार्यक्रममा युवा र उनीहरूका सरोकारका विषय सम्बोधन हुन आवश्यक रहेको बताए ।
बलानबिहुल गाउँपालिकाको समन्वयमा तथा युएसएआइडीको आर्थिक सहयोग र द एसिया फाउन्डेशन कार्यान्वयन संस्था र सबल नेपालद्वारा सञ्चालित नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत सीमान्तकृत समुदायका किशोर किशोरी, युवा, महिलाहरुको अधिकार अभियानका लागि गठित युवा सञ्जालले सो वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
संजालका अध्यक्ष लक्ष्मी कुमारी रामको अध्यक्षतामा तथा पालिका अध्यक्ष खेमचन्द्रको सहभागितामा पालिकाको हृलाकी राजमार्ग बलान नदि देखी बिहुल नदिको वरिपरि बिभिन्न ठाउँहरूमा १ हजार भन्दा बढी बिभिन्न जातका बोटबिरुवाहरू रोपेका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |