राजविराज । भारतको बिहार राज्यको समस्तीपुरमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।
बारा जिल्लाबाट बोलबम तीर्थयात्री बोकेर झारखण्डको देवघरतर्फ जाँदै गरेको ना. ७ ख. ६४४६ नम्बरको बस आज बिहान समस्तीपुरको नेशनल हाइबे २८ मा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा सडकमा पल्टिएको थियो । बसमा ४३ जना यात्रु सबार रहेको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |