राजविराज । नेपाल सरकारका शाखा अधिकृत सरोज कुमार झाललाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ ।
शारङ्गा सुवेदी र महेश शर्मा पौडेलको मङ्गलबार बसेको संयुक्त इजलासले विशेष अदालतको फैसलालाई पल्टिँदै झालाई सफाइ दिएको हो । झासँगै राजकुमार मंडलले पनि सफाइ पाएका हुन् ।
घुस रिसवत लिए भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध २०७५ साल ०४ महिना ०४ गते भ्रष्टाचार मुद्दा दायर गरेका थिए । ११ फागुन २०७६ मा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरे पछि उनी न्यायका लागि सर्वोच्च पुगेका थिए ।
झा तत्काल सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए भने मंडल सामाजिक परिचालक रुपमा कार्यरत थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |