राजविराज । प्रेस मञ्च नेपाल सप्तरीले मञ्चका केन्द्रीय सदस्य तथा न्यूज टुडे दैनिक पत्रिकाका कार्यकारी सम्पादक बृजमान तामाङलाई समाचार लेखेकै निहुँमा सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ स्थित कन्छु नरप्रताप माध्यमिक विद्यालय रायपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गानन्द ठाकुर र रुपनी गाउँपालिकाका पूर्व वडा अध्यक्ष पिताम्बर यादवले सामाजिक संजालमा लेखेको आपत्तिजनक शब्दप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
जिल्ला अध्यक्ष भूषण कुमार सिंहले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ठाकुर र यादवले सामाजिक संजालमा लेखेको आपत्तिजनक शब्दप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
समाचार लेखेको निहुँमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर र निवर्तमान वडा अध्यक्षले सामाजिक संजालमा लेखेको आपत्तिजनक शब्दप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्ष सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सामाजिक संजालमा लेखिएको आपत्तिजनक शब्दप्रति निन्दा व्यक्त गर्दै प्रेस मञ्च नेपाल सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा ठाकुर र यादवले लेखेको शब्दप्रति घोर निन्दा एवम् भर्त्सना गर्दै दोषी उपर कडा कारबाहीको माग समेत गरेको छ ।
मिति २०८१/५/१४ गते पत्रकार तामाङले ‘ठाकुरलाई सोझै भुक्तानी, लाखौ अनियमितता गरेको ठहर’ शीर्षकमा लेखेको समाचारमा सम्बन्धित पक्षको प्रतिक्रिया समावेश हुँदाहुँदै पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर र निवर्तमान वडा अध्यक्ष यादवले सामाजिक संजालमा लेखेको आपत्तिजनक शब्दप्रति प्रेस मंच नेपाल, सप्तरीले घोर निन्दा एवम् भर्त्सना गर्दै दोषीउपर कारवाहीको माग गर्दछ । विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समयमा पत्रकारहरुमाथि दुर्व्यवहार तथा आक्रमणको घटना बढेको प्रति चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोकन जोडदार माग राख्दै मञ्चद्वारा जारी विज्ञप्तिमा सुनुवाइ नभए कडा संघर्षमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |