राजबिराज । नेपाली महिलाको महत्वपूर्ण चाड तिजको अवसर पारेर सबल नेपालका महिला दिदीबहिनीहरूले दर खाने कार्यक्रम गरी मनाइएको छ ।
आईतवार राजबिराज स्थित सबल नेपालको केन्द्रीय कार्यलयमा दर खाने कार्यक्रमको आयोजना गरि मनाइएको हो । सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षको अध्यक्षतामा सबल नेपालका पदाधिकारी तथा महिला कर्मचारीहरूको सहभागितामा धुमधामका साथ दर खाई नाचगान सहित मनोरञ्जन गरेका छन् ।
अध्यक्ष गिरीले हरितालिका तिजको ब्रत अघि मीठामीठा परिकार बनाएर दर खाने प्रचलन रहिआएकोले दरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाई, फलफूललगायतका परिकार खाने गरेको बताइनँ ।
धार्मिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा युवतीले राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन रहेको अध्यक्ष जुनाको भनाई छ।
तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगानसहितको मनोरञ्जन गर्ने गरिन्छ । यस पालि दर खाने दिन भदौ २० गते रहेको छ भने भदौ २१ गते हरितालिका तिज परेको छ । तिज पर्वलाई नेपाली नारी दिवसको रुपमा सदियौँ देखि मनाउन थालिएको हो । तर आज भोलि तिज पर्व मौलिक संस्कृति, परम्परा र रीतिरिवाज भित्रको भन्दा अली फरक बन्दै गएको छ । उत्ताउला गीत संगित सहितको महंगा-महंगा पहिरन र गरगहनाको प्रदर्शन बन्दै गएको छ ।
सो अवसरमा सबल नेपालका निर्देशक दीपक झा, सबल नेपालका उपाध्यक्ष भुपेश साह, कोषाध्यक्ष आयुष श्रेष्ठ, सिनियर म्यानेजर अशोक साह, वास संयोजक परमेश्वर झा लगायत सबल नेपाल शाखा कार्यालय मिर्चैया सिराहा तथा फिल्ड कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |