राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि आफन्त र स्थानीयले विरोध प्रदर्शन गरेका छन् । विष्णुपुर गाउँपालिका-४ कनकट्टाका २० वर्षीय मो. मनिरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन ।
वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा रहेका मनिरलाई पाँच दिन अघि ज्वरो आएपछि स्थानीय स्वास्थ्य चौकीमा देखाएका थिए । त्यहाँको उपचारले निको नभएपछि परिवारले उनलाई राजविराजस्थित डा. मुरली प्रसाद सिंहको क्लिनिकमा उपचार गराइरहेका थिए ।
बिहीबार डा. सिंहको क्लिनिकमा मनिरको अवस्था गम्भीर भएपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । आकस्मिक कक्षमा ल्याइएको केही बेरमै उनको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल परिसरमै नाराबाजी र प्रदर्शन गरेका हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |