राजबिराज । सप्तरी क्रिकेट संघको ५ औं वार्षिक साधारण सभा आइतबार वार्षिक प्रगति प्रतिवदेन तथा वार्षिक कार्यक्रम बजेट सहित पारित गर्दै सम्पन्न भएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले करिव १ करोड ६७ लाखको आगामी वर्षको अनुमानित बजेट समेत वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यक्रममा महिला क्रिकेटलाई समेत पुरुष क्रिकेट सँगै महिला क्रिकेटलाई पनी लाने जानकारी गराउँदै जिल्ला सप्तरी प्रिमियर लिग, जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता, विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता लगायतलाई समेत महिला पुरुष दुवै प्रतिष्पर्धा गराइने जानकारी गराएका थिए ।
त्यसै गरि अध्यक्ष श्रेष्ठले यस वर्ष खेलाडीहरूको सुविधाको टर्फ बिकेटको निर्माण गरि टर्फ बिकेटमा नै खेलाउने र सो को निर्माणको काम यही साताबाट हुने समेत जानकारी गराए । पेश गरेका प्रतिवेदन अनुसार ए डिभिजन क्रिकेट प्रतियोगिता दोश्रो संस्करण, ३ जिल्ला बिच मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता, मनिष दिपेन्द्र ट्रफी एकदिवसीय प्रतियोगिता लगायतको प्रतियोगिताहरू प्रस्तावित गरिएको छ । प्रतियोगिता आयोजनाका लागि बिभिन्न संघ संस्थासँग समन्वय गरिने समेत जानकारी गराइएको छ ।
त्यसै गरि प्रस्तुत २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा सप्तरी क्रिकेट संघले ६१ लाख ३१ हजार ८ सय ३४ रुपैयाँ ९१ पैसाको कारोबार गरेको छ ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरी क्रिकेट संघले छैठो संस्करणको रुपमा सप्तरी प्रिमियर लिगलाई आयोजना गरेको देशको एकमात्र लिग भएकोले यसको जर्गेणाको लागि आवश्यक सहयोग मधेश प्रदेश सरकारबाट गर्न आवश्यक पहल गर्ने र आँउदै गरेको ११ औं राष्ट्रिय खेलकुदका लागि आवश्यक संरचनाहरु निर्माणका लागि समेत पहल भई रहेको जानकारी गराउँदै युवाहरूलाई खेलकुदमा सहभागि गराएर कुलतबाट जोगाउन सकिने भएकोले खेलकुदलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने जिकिर गरेका थिए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेल, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देव, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज माझी तथा राजबिराज नगरपालिका वडा नं. ६ का अध्यक्ष शशि कुमार चौधरीले आफ्नो मन्तव्य राखेका थिए। सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज कुमार सिंहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव चन्दन कुमार यादवले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |