राजविराज । राजविराज टुडे दैनिकले सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका- ४ स्थित मधवापुर माध्यामिक विद्यालयलाई १० थान सिलिङ पंखा सहयोग गरेका छन् ।
राजविराज टुडे दैनिकका प्रकाशक शम्भु कुमार झाले विद्यालयका प्रधानाध्यापक गणेशी यादव र व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर मण्डललाई संयुक्त रुपमा विद्यालयमा शुक्रबार एक समारोहका बीच उक्त पंखा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका राजविराज टुडे दैनिकका प्रकाशक शम्भु कुमार झाले गर्मीमा पनि पंखा विना विद्यालयमा पढ्दै आएका बालबालिकाकालाई सानो सहयोग उपलब्ध गराउन पाएको भन्दै खुशी व्यक्त गरे । यो ठूलो रकमको सहयोग होइन, उनले भने तर पंखा विना सयौँ विद्यार्थी गर्मीका कारण पीडित रहनु परेको अवस्थालाई भने नजरअन्दाज गर्न नसकेर पंखा उपलब्ध गराएका हौं । उनले विकासका नाममा ठूलो रकम खर्च हुने तर्फ मात्र नसोची जनप्रतिनिधिहरूले यस्ता कुरामा पनि ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।
प्रधानाध्यापक यादवले पंखा विना गर्मीमा छटपटाइरहेका विद्यार्थीले बारम्बार समस्या बारे ध्यानाकर्षण गराएकोमा यसबारे जनप्रतिनिधिलाई भन्दा पनि कुनै सुनुवाइ नभइरहेको अवस्थामा शुक्रबार पंखा हस्तान्तरण गरिदिएकोमा राजविराज टुडे परिवारलाई धन्यवाद व्यक्त गरे । विद्यालयमा कक्षाकोठा, पिउने पानी लगायतको व्यवस्थाका लागि पहल गरिदिन उनले आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर मण्डलको अध्यक्षता, सहायक प्रधानाध्यापक रामचन्द्र मण्डलले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक शैलेन्द्र लाल कर्णले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |