राजविराज । सप्तरीको राजविराज नगरपालिका ४ का ३० वर्षीय औरेन्जेव आलम हत्यामा संलग्न पक्षबाट अनावश्यक तनाव दिने गरेको मृतक परिवारले आरोप लगाएका छन् ।
राजविराज ४ स्थित आफ्नै निवासमा शुक्रबार पत्रकार सम्मेलनमा मृतक आलमको बुवा मो. हविवले विपक्षीले मुद्दालाई प्रभावित गर्न प्रलोभन र प्रभावमा पार्ने षड्यन्त्र गरिरहेको बताए “घटना संलग्न चारजना अझै फरार रहेका वेला, विपक्षीहरू अपराधीलाई संरक्षण गर्न विभिन्न चलखेल गरिरहेका हविवले दुखेसो राखे ।
घटनालाई सामसुम पार्ने षड्यन्त्र विपक्षीले पैसा लिएर मिल्न दवाव दिने, न्यायाधीशलाई नै खरिद गर्छु र दुईमहिनामै पक्राउ परेकाहरूलाई पनि छुटाउँछु भन्दै भ्रम सिर्जना गर्ने जस्ता अनावश्यक पीडा माथि पीडा दिएको हविवले जानकारी दिए ।
घटनामा संलग्न फरार चारजनालाई समेत अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सहयोग गरिदिन स्थानीय प्रशासन, मानवाधिकारकर्मी, पत्रकारसहित सम्पूर्ण सरोकारवालासँग हविवले आग्रह गरे ।
मृतकका काका बब्लु खानका अनुसार राजविराज ३ का ४६ वर्षीय मो. नासिर, राजगढ ६ का लाल खाँ र राजविराज २ का मो. आशिक पक्राउ परेका छन् । उनीहरु तीनैजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनले घटना संलग्न बाँकीलाई पक्राउ गर्न प्रहरीलाई पटकपटक भन्दा सुराकी दिनु समात्छु भन्दै पन्छिने गरेको बताए । उनले घटना संलग्न राजविराज ३ का मो. इवरान खान, मो. इर्साद, राजविराज २ का मो.असल्म भन्ने तब्रेज, राजगढ ६ का मो. पिण्टु भने हुसैन खान अझै फरार रहेको बताए ।
गत असार ३ गते कुर्बानी दिने विषयमा विवाद सिर्जना गरी विपक्षीको रड, फलामे पाइप प्रहारबाट गम्भीर घाईते दाजुको ८ गते उपचारको क्रममा अस्पताल मृत्यु भएको मृतकका भाई मो. तव्रेज आलमले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |