राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १ स्थित भारदहमा वीङ्गरको ठक्करले आइतबार एक बालकको मृत्यु भएको छ ।
राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–००२–००१ ज ३८६६ नम्बरको वीङ्गरले भारदहको कंकालिनी मन्दिरअगाडि ठक्कर दिँदा १५ महिने आर्दश अधिकारिको मृत्यु भएको हो ।
पैदलयात्री भारदह निवासी ४५ वर्षीया अनितादेवी अधिकारी र निजका १५ महिने नाति आदर्श गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आर्दशको विराटनगरमा मृत्यु भएको हो । अनितादेवीको खुट्टासहित शरीरका अन्य भागमा चोट लागेको छ भने उनको काखमा रहेका नाति आदर्शको टाउकोमा गम्भीर चोट लागेको थियो ।
तीव्र गतिमा रहेको वीङ्गरको चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै स्थानीयले क्षतिपूर्तिको मागसहित बिहान ८ बजेदेखि सडकमा टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
प्रहरीले विङ्गर चालक सप्तरी छिनमस्ता गाउँपालिका ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |