राजविराज । हनुमाननगर कंकालनी नगरपालिकाका बाढी पीडित राहत रकम वडा अध्यक्ष र सेवक नेपाल प्रतिनिधिले बाँडफाँड गरेको बाढी पीडितहरूले आरोप लगाएका छन् ।
गत असोज १२ गते आएका बाढीबाट पीडित परिवारका लागि विश्व खाद्य कार्यक्रम अन्तर्गत प्रत्येक पीडित परिवारलाई नगद १५ हजार नगद दिनै कार्यक्रममा वडा अध्यक्ष र आयोजक गैर सरकारी संस्था सेवक नेपालका प्रतिनिधिले झुटो विवरण बनाई रकम बाडँफाँड गरेको आरोप लगाएका छन् ।
वडा प्रतिनिधि र सेवक नेपालका भोलेन्टियर सहित पाँच सदस्य बाढी पीडित नाम संकलन टोली रहे पनि वडा अध्यक्षको निर्देशनमा सेवक नेपालका प्रतिनिधिले बनाएका विवरणमा धनी व्यक्तिको नाम समेत रहेकाले राहत रकममा बाडँफाँड भएको बाढी पीडितहरूले आरोप लगाएका छन् ।
बाढी पीडितलाई राहत वितरणमा वडा अध्यक्ष र सेवक नेपालका प्रतिनिधिको दुई टोकनबाट वेस्टर्न युनियन मनी ट्रास्फर मार्फत उपलब्ध गराइने रकममा नक्कली बाढी पीडितबाट थोरै रकम दिने गरेको पाइएका छन् । नक्कली बाढी पिडितसंगै वास्तविक पीडितबाट समेत सेवकका प्रतिनिधिले रकम लिएकोले आरोप लागेका छन् ।
हनुमाननगर कंकालनी नगरपालिकाका १४ वडा मध्ये १३ वडाका विश्व खाद्य कार्यक्रमले काठमाण्डौ स्थित सेवक नेपाल गैर सरकारी संस्थाले १६ सय ९० जना बाढी पीडित नाम संकलनमा राहत वितरणमा वास्तविक बाढी पीडित आधा नरहेको देखिएका छन् ।
नगरपालिकाको वडा नम्बर ९ मा रहेका वैजु साह सोनार र सत्य नारायण साहको बजार क्षेत्रमा ठूला पक्की भवन रहेका नक्कली बाढी पीडित भएको देखिन्छ । राहत वितरणमा वडा अध्यक्षले काखा पाखा गरेको भन्दै नगरपालिकाको केही वडामा बाढी पीडितले तालाबन्दी समेत गरेका छन् ।
यता बाढी पीडित नाम संकलन र राहत रकम वितरणमा नगरपालिकाका मेयर विरेन्द्र माझी सहित प्रमुख प्रसाशकिय अधिकृत किशोर रामलाई जानकारी नै नरहेका बुझिएका छन् । वडा अध्यक्ष र सेवक नेपालका प्रतिनिधिले वास्तविक बाढी पिडितलाई राहत नदिँदा दिनहुँ सयौँ पीडित नगरपालिकामा राहत माग्न आउने गरेको मेयर माझीले बताए ।
यता राहत वितरण रकम बाँडफाँडमा सेवक नेपालका कुनै संगलता नहेको सप्तरी जिल्ला संयोजक मुरारी शुक्लाले प्रतिक्रिया दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |