राजबिराज । सप्तरीको राजबिराजमा जारी अन्तर हब महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीले सिरहालाई ८ बिकेटले पराजित गर्दै बिजयी सुरुवात गरेका छन् ।
बुधवार राजबिराज स्थित पविमाबिको खेलमैदानमा भएको उद्घाटन खेलमा सप्तरीलाई सिरहाले दिएको १ सय २९ रनको लक्ष्य सप्तरीले २ बिकेटको गुमाउँदै जित हात पारेको हो ।
जित दिलाउन सप्तरीका कप्तान साक्षी यादबले उत्कृष्ट ब्याटिङ गर्दै ३९ रन बनाउदै अविजित खेलेपछि जित सहज भएको हो, उनलाई साथ दिन बन्दना रजकले अविजित रहँदै टिमका लागी २८ रन जोडे, टस जितेर सिरहाले २० ओभरमा ८ बिकेट गुमाएर १ सय २९ रनको योगफल खडा गरेका थिए ।
जसमा टिमका लागी अनुराधा चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेल्दै ५६ रन बनाए भने अनजल चौधरीले १३ रन जोडे ।
बलिङ तर्फ सप्तरी साक्षी यादबले २ बिकेट र दिपा राम, सुस्मिता यादब, अपेक्षा यादबले समान्य १/१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच घोषित साक्षी यादब लाई सप्तरी क्रिकेट सँघका उपाध्यक्ष निरज सिँह कप प्रदान गरेका थिए ।
सो प्रतियोगिताको सुरुवात राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले ब्याटिङ र सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले बलिङ गर्दै संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सबल नेपालको आयोजना तथा एमसिसी फाउन्डेसन र क्रिकेट विथ बाउन्ड्रीको संयुक्त सहयोगमा सप्तरी, सिरहा र महोत्तरी जिल्ला बिच महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिएको सबल नेपालका कार्यक्रम संयोजक आशिष गुप्ताले जानकारी दिए ।
उक्त अवसरमा सप्तरी क्रिकेट सँघका उपाध्यक्ष निरज सिँह, कोषाध्यक्ष तुलानाथ माझी, जिल्ला सदस्य रोशन मण्डल, डम्वर नारायण दास, संजय कार्की, बिरेन्द्र यादब लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन सचिव चन्दनकुमार यादबले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |