राजबिराज । सबल नेपाल २० औ वर्षमा प्रवेश गर्दै १९ औ वार्षिक साधारण सभा मनाएको छ । राजबिराज स्थित स्टार डिलक्स हलमा संस्थाले आफ्नो साधारण सभा मनाएको हो ।
सभामा संस्था सिनियर म्यानेजर अशोक साहले आ.ब २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.ब ०८१/८२ को वार्षिक कार्यक्रम प्रस्तुत गरेको छ ।
स्वस्थ र स्वच्छकर समाजको परिकल्पना गरी “जकर घरमे चर्पि नै तकर घरमे शादी नै” भन्ने नाराका साथ स्थानीय युवाहरू द्वारा २०६२ साल कार्तिक ७ गते देखि स्थापना भएको संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै २० वर्षमा प्रवेश गरेको हो ।
संस्थाले आफ्नो स्थापनाको एक दशक पछि सामाजिक कार्यमा थप क्षेत्रमा प्रभाव पार्न समुदायको स्तरोन्नतिका लागि स्वच्छता एवं सरसफाइ सँगै पोषण, शिक्षा, स्वास्थ्य किशोरकिशोरी प्रजनन स्वास्थ्य, महिला क्रिकेटको विकास लगायतका विषयमा जनचेतनामा अभिवृद्धि गर्दै समुदायमा सुधार ल्याउन कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष जुना गिरीले बताइनँ ।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादबले सबल नेपालले समुदायको हितमा निरन्तररूपमा क्रियाशील भएर गरिरहेको कार्य प्रशंसा गरेको छ । उनले भने समुदायको जीवनमा सुधार ल्याई देशको लागि आवश्यक सबल, सक्षम तथा कर्मठ जनशक्ति उत्पादन गर्न पुर्याएको योगदानको चर्चा गरे ।
सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षताका आयोजित उद्घाटन सत्रमा गैससका केन्द्रिय उपाध्यक्ष ध्रुव देव, गैसस सप्तरी उपाध्यक्ष बलेदव मण्डल, कान्तिपुर सम्वाददाता अबधेश झा, कोशी पिडित समाजका निर्देशक देव नारायण यादब, स्वेडक अध्यक्ष मिरा देव, सेभद चिल्ड्रेन, कोशी पीडित समाजका निर्देशक देव नारायण यादबले लगायतले सबल नेपाल अझै सबलीकरण हुँदै जाने शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य परमेश्वर झाले गरे भने संचालन संस्थाका उपाध्यक्ष आयुष श्रेष्ठले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |