राजविराज । तिन महिनादेखि तलब भत्ता नपाएको भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रेका छन् ।
आइतबारदेखि पालिकाभरिका शिक्षकहरू सामुदायिक स्कुल ठप्प पारी नगरपालिका कार्यालयको मूलगेटमा धर्ना सुरु गरेका हुन् ।
दशैं जस्तो चाडमा पनि तलब, भत्ता नदिएको र तिहार आउन लाग्दा समेत तलब दिने छाँटकाँट नदेखाएपछि आन्दोलनमा उत्रनुपरेको आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवले बताएका छन् ।
यसअघि तलब उपलब्ध गराउन नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन बुझाउँदा समेत ध्यान नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उनीहरूको भनाई छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |