राजविराज । हनुमाननगर कंकालनी नगरपालिका र वडा कार्यालयमा लागेको ताला मङ्गलबार खोलिएको छ । जिल्ला प्रसाशन कार्यालय सप्तरीमा भएको सर्वपक्षीय बैठकले ताला खोल्ने निर्णय भएका छन् ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका आन्दोलनकारी पक्ष बिच तिन बुन्दे सहमति पश्चात ताला खोलिएका हो ।
नगरपालिकाका विभिन्न वडामा बाढी पीडितलाई वितरण गरिएको राहतमा वडा अध्यक्षले आफ्नो मान्छेलाई वाडेको आरोप लगाउदै आन्दोलन पक्षले केही वडामा तालाबन्दी गरेका थिए । सो सम्बन्धमा वितरण विश्व खाद्य कार्यक्रम तथा सरोकारवालासँग समन्वय गरि छानविन गरि पुन: राहत वितरण गरिने बैठकले निर्णय गरेका छन् ।
बैठकले १० दिन भित्र नगरसभा गरि राष्ट्रसेवक कर्मचारीलाई तलब भत्ता दिने निर्णय समेत गरेका छन् । बैठकमा हनुमाननगर कंकालनी नगरपालिका मेयर विरेन्द्र माझी, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, वडाअध्यक्षहरू, आन्दोलन पक्ष लगायतका व्यक्तिको सहभागी रहेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |