विराटनगर । कोशी प्रदेशको विराटनगरमा ‘मान इन्टरनेसनल अवार्ड २०२४’ हुने भएको छ । यही मंसिर १५ गते हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजक मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रवीण नारायण चौधरीले बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले नेपाल र भारतका गरी ६० जना विशिष्ट व्यक्तित्वलाई मान इन्टरनेशनल अवार्ड प्रदान गर्न लागिएको र ४५ जना सेलिब्रेटीलाई गेस्ट अफ अनर बाट सम्मानित गर्ने तयारी गरेको बताए । अवार्ड कार्यक्रमले मैथिली कला, साहित्य, संस्कृतिको संरक्षण, सम्बद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको बताए ।
एशोसिएसनले नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा मैथिली भाषा साहित्य कला र संस्कृति को क्षेत्रमा काम गर्दै मिथिलाको धरोहरको संरक्षण हुनुपर्ने आवाज उठाउँदै आएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |