राजबिराज । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत छिन्नमस्तामा अन्तरक्रिया तथा प्रभातफेरी कार्यक्रम गरि मनाएको छ ।
१० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको हो ।
शुक्रवार सबल नेपालको आयोजना युएसएआइडीको सहयोग द एसिया फाउन्डेसन मुख्य कार्यान्वयन संस्थाले संचालन गरेको नागरिक, समाज तथा सन्चार कार्यक्रम अन्तर्गत युवा संजालको अगुवाईमा इलाका प्रहरी सखडा, सशस्त्र प्रहरी छिन्नमस्ता बिटको सहकार्यमा सखडाको विभिन्न ठाउमा र्यालीको प्रदर्शन गर्दै तथा अन्तरक्रिया कार्यक्रम गरि मनाएको हो ।
प्रभातफेरी पश्चात् कोणसभामा बोल्दै नेपाली काँग्रेसका नेता कुलानन्द यादबले महिला सशक्तीकरण सम्भव नभएर पुरूषहरूलाई पनि सचेत गरेमात्र हिंसा, अपमान र विभेद को अन्त गर्न सकिने बताए ।
छिन्नमस्ता गाउपालिका वडा ३ का वडा सदस्य मोहम्मद बिकनले महिला हिंसा घरबाट नै हुने गरेकोले हिंसा अन्तत गर्न घरबाट नै सुरुवात गर्नुपर्नेमा जोड दिए । उनले भने आफू माथि हुने हिंसा अन्त गर्न महिलाहरू एकीकृत भएर अगाडि बढनुपर्ने बताए ।
सबल नेपालका कार्यक्रम व्यवस्थापक शुभनारायण भिणवार यादबले अभियानलाई सबैको संयुक्त प्रयासबाट अगाडि बढाउन जरुरी रहेको भन्दै हामी सबैलाई सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालयका बरिष्ठ नायब निरीक्षक वसन्त भट्टराई, सशस्त्र प्रहरी नायब निरीक्षक शुभ मण्डल, स्थानीय नेता नुनु मुखिया, सबल नेपालका कार्यक्रम अधिकृत सवनम यादब, युवा संजालका सदस्य रूपेश यादब, अनिता मण्डल लगायत स्थानियहरूले लैङ्गिक हिंसा अन्त गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
सरकारले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको इतिहास छ ।
नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मंसिर २ गते नेपालमा सामाजिक सचेतना सहित लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्न सङ्घीय सरकारका मन्त्रालय तथा निकायहरू, ७ वटै प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवं त्यसका वडाहरू सरोकारवाला निकायहरू, सामाजिक सङ्घसंस्थाहरूलाई आह्वान गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार सबै निकायहरूले विभिन्न कार्यक्रम आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्दै आएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |