राजविराज । मधेश प्रिमियर लिग (एमपीएल) सिजन ३ क्रिकेट प्रतियोगिता आगामी चैत्र ५ गतेबाट हुने भएको छ । शनिवार राजविराजमा पत्रकार सम्मेलन गरि लिगका अध्यक्ष ई. संजिव नारायण यादवले जानकारी दिए ।
लिगमा कूल १० वटा टिमको सहभागिता रहने छ । प्रत्येक टिममा मधेश प्रदेशबाट ७ जना तथा अन्य प्रदेशबाट ४ जना खेलाडी रहने छ । प्रतियोगिताको ६० प्रतिशत खेल राजविराजमा हुने तथा बाँकी ४० प्रतिशत खेल वीरगञ्ज र जनकपुरमा खेलाइने अध्यक्ष यादवले बताए ।
सन् २०१५ बाट शुरु भएको मधेश प्रिमियर लिग २०१६ मा सिजन २ भएको ८ वर्षपछि सिजन ३ हुन लागेको छ । आजबाट खेलाडीको रजिष्ट्रेशन शुरु गरिएको लिगका सचिव तिर्थनाराण दासले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |