राजविराज । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको राजविराज स्थित महेन्द्र क्लबको भवनमा छिन्नमस्ता ५ गोविन्दपुर निवासी अन्दाजी ३५ बर्षीय सुधीर कुमार झा शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
महेन्द्र क्लबको भवनमा झुन्डिएको अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थालमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी निरीक्षक नेतृत्व टोलीले अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |