चन्दनकुमार यादब । काठमाडौंमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता जनकपुर बोल्ट्सले सोमबार राजबिराजमा विजय उत्सव मनाएको छ ।
खेलाडीहरू ट्रफीसहित सहभागी हुने र्यालीमा सयौँ समर्थकको थामिनसक्नु भीड हुन्छ । बोल्ट्सले राजबिराज सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाएको छ। एकदमै उत्साहित बनाएको छ । राजबिराज नगरपालिका द्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा कावा नगरप्रमुख ईसरत परविनले बिजेता टोलीलाई १ लाख १ हजार को चेक हस्तान्तरण गरेकी छिन ।
सम्मान कार्यक्रममा बोल्दै ललित राजवंशी भने निकै खुसी छौं । हाम्रा र्यालीमा थामिनसक्नु भीड हुन्छ । समर्थकले निकै धेरै माया गर्नुभएको छ । यसले नेपाली क्रिकेट र समग्र खेल क्षेत्रमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको महसुस भएको छ ।
हामीलाई एकदमै उत्साहित बनाएको छ । निकै खुसी छौं । हाम्रा र्यालीमा थामिनसक्नु भीड हुन्छ । समर्थकले निकै धेरै माया गर्नुभएको छ । यसले नेपाली क्रिकेट र समग्र खेल क्षेत्रमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको महसुस भएको छ । एनपीएलले नेपाली क्रिकेटलाई चर्चाको शिखरमा पुर्याएको छ । अहिलेसम्म हामीले जेजति उपलब्धि हासिल गरेका छौं, यसलाई संरक्षण गर्दै अझै सशक्त भएर अगाडि बढ्नुपर्छ । मलाई विश्वास छ, यस्तै हुन्छ । यस्तै रफ्तारमा हामी अघि बढ्यौं भने खेलमै आत्मनिर्भर हुन्छौं । हामीले विश्वमञ्चमा सशक्त उपस्थिति जनाउने दिन पनि अब नजिक छ ।
राज्य भनेको अभिभावक हो । खेल क्षेत्रलाई उचाइमा पुर्याउन राज्य गम्भीर भएर लाग्नुपर्छ । अहिले झन् संघीयतापश्चात् तीन तहका सरकार छन् । ती सबै सरकारहरू गम्भीर हुनुपर्यो । हाम्रा गाउँगाउँमा प्रतिभाहरू छन् । तर, ग्राउन्डको अभावमा ती सबै गुमनाम छन् । प्रतिभा देखाउन ग्राउन्ड त हुनुपर्यो नि । संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले ठाउँठाउँमा ग्राउन्ड बनाइदिनुपर्यो ।
खेलाडीहरूको संरक्षण गरिदिनुपर्यो । निकै प्रतिभाशाली छन्, तर विभिन्न समस्याका कारण हाम्रा खेलाडीहरू पलायन भइरहेको हामी देख्न सक्छौं । यो गम्भीर र चिन्ताजनक कुरा हो । यो राज्यको कमजोरी हो । राज्य अब त गम्भीर हुनैपर्छ । यसअघि शुक्रबार पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको थियो ।
फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपीएलको ऐतिहासिक उपाधि जितेको थियो । जनकपुर बोल्ट्सले मधेश प्रदेशका ८ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको मधेश प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
स्वागत तथा सम्मान कार्यक्रममा राजबिराज नगरपालिका कावा नगरपालिका ईसरत परविन, बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादब, रूपनी गाउपालिका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, राजबिराज नगरपालिका प्रवक्ता जयनारायण मण्डल, वडा २ का अध्यक्ष अरूण यादब, वडा ७ का अध्यक्ष सुभाष यादब, वडा ६ का अध्यक्ष शशी चौधरी, योजना अधिकृत मनोज यादब, सप्तरी क्रिकेट सँघका अध्यक्ष तथा एनपिएल डाईरेक्टर आयुष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |