राजबिराज । पाठेघरको मुख्यको क्यान्सर विरूद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभि) खोप अभियान ०८१ अन्तर्गत पाठेघरको मुख्यको क्यान्सरबाट सुरक्षित हुनको लागी माघ २३ गते देखि फाल्गुन २६ गते खोप अभियान संचालन हुने भएको छ ।
शुक्रवार स्वास्थ्य कार्यालय सप्तरीले जिल्ला स्तरीय खोप समन्वय समिति तथा संचारकर्मिहरूको अभिभुखिकरण बैठकमा सो कुरा बताईएको छ ।
नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत पहिलो पटक निशुल्क दिने खोप जिल्लाको ४ सय ५० केन्द्रवाट ३६ हजार ७ सय १ जना किशोरीहरूलाई दिने बताईएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी भोला दहालले एचपिभी खोपबाट कोही पनि नछुट्ने गरि प्रत्येक वडा लाई सक्रिय बनाएर खोप अभियान संचालन गर्नुपर्ने शुभकामना दिए ।
हरेक विद्यालयमा खोेप केन्द्र राखेर कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी तथा ११ बर्ष १४ बर्ष उमेरका किशोरीहरूलाई दिने स्वास्थ्य कार्यालयका प्रमुख देवकान्त झाले बताए ।
सप्तरीको १८ स्थानिय तहमा दुई चरणमा एचपिभी खोप अभियान कार्यक्रम संचालन गरिने झाले बताए ।
पहिलो चरणमा माघ २३ देखि छिन्नमस्ता गाउपालिका, राजगढ गाउपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबरसाईन नगरपालिका, बलान बिहुल गाउपालिका, सुरूगां नगरपालिका, खडक नगरपालिका, शंभुनाथ नगरपालिका, रूपनी गाउपालिका मा संचालन गरिने छ ।
यसैगरी दोस्रो चरणमा फाल्गुन १ गते देखि सप्तकोशी नगरपालिका, कंचनरूप नगरपालिका, तिरहुत गाउपालिका, अग्नीसाईर कृष्णासवरण गाउपालिका, महादेवा गाउपालिका, हनुमाननगर कंकालनी नगरपालिका, तिलाठीकोईलाडी गाउपालिका, बिष्णुपुर गाउपालिका र राजबिराज नगरपालिकामा संचालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख झाले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |