राजबिराज । प्रधानमन्त्री कप एकदिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि जिल्ला क्रिकेट टिम छनोट प्रतियोगिता माघ २४ देखि हुने भएको छ ।
सप्तरी क्रिकेट सँघको आयोजना तथा बोदेबरसाईन नपाको सहकार्यमा सप्तरी जिल्ला सिनियर क्रिकेट टिम छनोट प्रतियोगिता बोदेबरसाईन नगरपालिका २ स्थित शत्रुघन माबि बैरवा, नेगडाको खेलमैदानमा संचालन हुने भएको हो ।
सप्तरी क्रिकेट सँघले सप्तरी जिल्ला क्रिकेट सिनियर टिम चयनका लागी ८२ जना खेलाडीहरूले प्रतिस्पर्धाका लागि नामदर्ता गराएको सप्तरी क्रिकेट सँघ उपाध्यक्ष निरज सिँह जानकारी दिए ।
उनका अनुसार जिल्ला टिममा छनोट हुनका आवेदन दिएका खेलाडीहरू लागि ६ टिममा विभाजन गरी प्रतियोगिता मार्फत उत्कृष्ट प्रदर्शन वाट सप्तरी टिम छनोट गरिन खेलाडी छनोट समितिका संयोजक अनवर अलीले बताए । नामदर्ता गराएका खेलाडीहरूलाई कुल ६ टिममा विभाजन गरी टिमको नामकरण समेत गरिएको छ ।
नामकरण हुने टिममा छिन्नमस्ता ११, राजदेबी ११, कंकालनी ११, लोहजरा ११, डाक्नेश्वरी ११, शंभुनाथ ११, क्रिकेट टिम बिच प्रतिस्पर्धा हुने छनोट प्रतियोगिता संयोजक तथा सप्तरी क्रिकेट सँघका सदस्य शंभु दासले जानकारी दिए ।
यस प्रतियोगिताबाट सप्तरी जिल्ला सिनियर क्रिकेट टिम छनोट भई मधेश प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउने छ भने प्रदेश छनोट वाट मधेश प्रदेश टिमले सिधा फाल्गुनमा हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |