राजबिराज । श्री बरख गणको २४२ औ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । बिहीवार राजबिराज-२ स्थित रहेको बरख गणमा बरख सांस्कृतिक साँझ कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
उक्त अवसरमा बरख गणका कर्मचारीहरूबाट नेपाली संस्कृति झल्किने विभिन्न खालको नृत्य प्रस्तुत गरेका थिए ।
गणका गणपति रमेश पाण्डेको अध्यक्षतामा आयोजित बार्षिकोत्सवमा प्रमुख जिल्ला अधिकारी भोला दहाल, रूपनी गाउपालिका अध्यक्ष दिनेश यादब, तिलाठी कोईलाडी गाउपालिका- १ का वडा अध्यक्ष दिनेश्वर मिश्र, शंभुनाथ नगरपालिका वडा- ७ का अध्यक्ष गोेपाल चौधरी, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, समाजसेवी सहित विभिन्न सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |