राजबिराज । सुनसरीको भोक्राहामा संचालित कोशी प्रिमियर लिगको दोस्रो संस्करण अन्तर्गत टि ट्वान्टी प्रतियोगितामा बलान बिहुल सप्तरी टाइगरले नबिएससी लायन्स विराटनगर लाई एक बिकेटले पराजित गर्दै बिजयी भएको छ ।
मङ्गलवार भोक्राहा नरसिंह गाउपालिका स्थित डा. खालिद आजाद खेलमैदान भोक्राहामा भएको खेलमा टस जितेर बिराटनगरले दिएको १ सय ३२ रनको लक्ष्य दिएका थिए ।
उक्त लक्ष्य पछयाउने क्रममा बलानले १६ ओभर ५ बलमा ९ बिकेट गुमाई पूरा गरेका थिए । जसमा मयन यादबले उत्कृष्ट प्रदर्शन गर्दै ४७ रन, अभिषेक तिवाडीले अविजित २५ रन, शुभ कंसकार १६ र अमित श्रेष्ठले ११ रनको योगदान गरेका थिए ।
बलिङ तर्फ बिराटनगरका पप्पु यादब (बि) ३ बिकेट, श्रवण किस्क, प्रेम कामत २र२ बिकेट तथा पप्पु याादब र प्रदिप पासवानले समान्य १/१ बिकेट लिएका थिए ।
यता एनबिएससी बिराटनगरले टस जितेर निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाएर १ सय ३२ रनको लक्ष्य खडा गरेका थिए । जसमा दिलिप नाथ ४८ रन, अभिनाष कर्ण ३४ रन, पप्पु यादब (बि) १२ रन बनाएका थिए ।
यता बलिङ तर्फ बलानका रामनरेश गिरी २ बिकेट, विशाल पटेल, अभिशेष गौतम, नरेश साउद, रूपेश सिँहले समान्य १/१ बिकेट हात पारेका थिए । सो खेलमा बलानबिहुलका मयन यादब प्लेयर अल दि म्याच घोषित भएको बलानबिहुलका टिम व्यवस्थापक रमेश यादबले जानकारी दिए ।
उक्त कोशी प्रिमियर लिग २ प्रतियोगितामा मधेश प्रदेश वाट बलानबिहुल सप्तरी टाइगर सहभागिता जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |