राजबिराज । तिलाठी कोईलाडी गाउपालिका- २ बाबा डिहवार लौनिया द्वारा आयोजित टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लौनियाले हात पारेको छ ।
बुधवार तिलाठी कोईलाडी गाउपालिका वडा २ वडा कार्यालयको सहयोगमा संचालित भारदह र लौनिया बिच भएको फाइनल खेलमा टस जितेर भारदह क्रिकेट टिमले १५ ओभर ३ बलमा १ सय ५६ रनको योगफल खडा गरेका थिए ।
जवाफमा लौनियाले १२ ओभर ३ बलमा ४ बिकेटको क्षति बिजयी हात पार्दै उपाधी उचालेको हो । उपाधि सँगै विजेता लौनिया टिमले २२ हजार ५ सय तथा उपविजेताले ११ हजार दुई सय ५० रुपैयाँ प्राप्त गरेको छ ।
टिमलाई जिताउन बिकास दासले उत्कृष्ट ब्याटिङ गर्दै ५९ रनको पारी खेलेपछि उपाधि माथि कब्जा जमाएको हो । यसैगरी शिवसुन्दर मण्डलले ३० रन, मुकेश यादबले २८ रन, बरूण मण्डलले २३ रन बनाएका थिए । बलिङ तर्फ भारदहका मिकु मण्डल २ बिकेट, सत्या र उमेश चौधरीले १/१ बिकेट लिएका थिए ।
यता भारदहका मिकु मण्डल ३४ रन, सोनु मण्डल ३० रन, सनोज सदा २० रन, धिरज पटेल, १८, सत्या राउत १६ रन, महानन्द १३ रनको योगफल खडा गरेका थिए ।
बलिंग तर्फ लौनियाँका मुकेश यादबले उत्कृष्ट बलिंग गर्दै ५ बिकेट, ओमप्रकाश चौधरी ३ बिकेट सरोज मण्डल र बिकास दास १/१ बिकेट हात पारेका थिए ।
उक्त अवसरमा बिजेता तथा उपबिजेतालाई तिलाठीकोईलाडी गाउपालिका अध्यक्ष अरूण कुमार मण्डल, वडा २ का वडा अध्यक्ष कमल मण्डल, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, समाजसेवी रामनारायण मण्डल, पुर्व प्रअ प्रदिप मण्डल, लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष अरूण कुमार मण्डलले क्रिकेट खेलाडीको उत्पादन र बिकासका लागि पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरेको बताउँदै खेलको बिकासको लागि अनुसाशीत भई खेललाई निरन्तर दिइदै अभ्यासमा लाग्नु पर्नेमा जोड दिए ।
उक्त फाइनल खेलको प्लेयर अफ दि म्याच मुकेश यादब घोषित भएका थिए । प्रतियोगितामा प्लेयर अफ दि सिरिज मुकेश यादब, वेस्ट ब्याटर एकल्व मुखिया र बेस्ट बलर मुकेश यादब घोषित भएको छ ।
बावा डिहबार प्रतियोगिता संयोजक बिरेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिका वडा २ का वडा सदस्य सितादेवी खंग, रम्भा साफी, सुगेन मण्डल पुर्व वडा २ का वडा अध्यक्ष खगेन्द्र मण्डल, गाउपालिका जिन्सी शाखा प्रमुख दिपक मण्डल, शिक्षा शाखाका ज्ञानेन्द्र यादब, जसपा युवा नेता निरज मुक्ति, समाजसेवी प्रदिप मण्डल, समाजसेवी रामनारायण मण्डल, समाजसेवी जिवछ मण्डल, हरिदेव खंगको सहभागिता रहेको थियो भने स्वागत मन्तव्य युवा संजालका अध्यक्ष तथा प्रतियोगिता सचिव सुशील मण्डलले दिएका थिए । उक्त प्रतियोगितामा जिल्लाका १६ वटा टिमले सहभागिता जनाएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |