राजबिराज । सप्तरीको बोदेबरसाईन नगरपालिकामा प्रजातन्त्र दिवसको अवसरमा एक दिवसीय विज्ञान प्रदर्शनी मेला सुरु भएको छ ।
बुधवार एक कार्यक्रम बिच विज्ञान प्रदर्शन मेलाको बोदेबरसाईनका नगर प्रमुख आतेश कुमार सिंहले उद्घाटन गरेको छ ।
कार्यक्रममा बोल्दै बोदेबरसाईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले विद्यालयहरू बिच वैज्ञानिक प्रतिस्पर्धा र ज्ञान आदानप्रदानको उत्कृष्ट थलो बन्ने बताए ।
उनले भने नगरपालिकाले यस्ता विज्ञान प्रविधिसँग जोडी कृयाकलापलाई आगामी दिनमा पनि निरन्तरता दिने नगरप्रमुख सिंहको भनाइ रहेको छ ।
बोदेबरसाईन नगरपालिका नगर शिक्षा अधिकृत रामसागर यादवका अनुसार विज्ञान प्रदर्शनी मेलाले विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि र सृजनशीलता अभिवृद्धि गर्ने तथा समुदायमा विज्ञान र प्रविधिसम्बन्धी जनचेतना फैलाउने लक्ष्य राखेको छ ।
नगरस्तरीय शुक्रबारै अतिरिक्त क्रियाकलाप कार्यक्रम २०८१ अन्तर्गत चित्रकला प्रतियोगिता (कक्षा १ देखि ५), नृत्य प्रतियोगिता (कक्षा ६ देखि ८) र विज्ञान प्रदर्शनी (कक्षा १ देखि १२) सहभागी रहेका छन् । नगरपालिका भित्रका ३० सामुदायिक विद्यालयका सहभागि विद्यार्थीहरूले आआफ्ना परियोजनाहरू प्रदर्शनीमा राखेका छन्। सहभागि विद्यालयलाई यातायात खर्च, खाना सुविधाको व्यवस्था गरिएको छ ।
कार्यक्रममा अतिथिहरू वडा नम्बर-९ का वडा अध्यक्ष तपसी यादव, नेपाल प्रज्ञाप्रतिष्ठान प्रज्ञा सभा सदस्य डा.सूर्य प्रसाद यादव, नगर शिक्षा अधिकृत रामसागर यादव लगायत विद्यार्थी, शिक्षक र स्थानीयहरूको उपस्थिति रहेको छ । थियो
जनता आधारभूत विद्यालय दउरीका प्रधानाध्यापक जगदेव यादवले कार्यक्रममा सहभागी भएका अतिथि, शिक्षक , विद्यार्थी र स्थानीयहरूलाई स्वागत गरेका हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |