राजबिराज । महाशिवरात्रिको अवसरमा सप्तरीको शिवालयहरुमा दर्शनार्थीहरूको घुँइचो लागेको छ । जिल्लाको अधिकांश शिवालयहरुमा अन्य दिनको तुलनामा अत्याधिक सङ्ख्यामा भक्तजनहरू पुगेका छन् ।
राजबिराज स्थित हरिन्देश्वर महादेव मन्दिरमा बिहानै देखि दर्शन गर्न भिड लागेको छ । महादेवा स्थित अंकुुर महादेव मन्दिर भक्तजनहरूको घुँइचो लाग्नु हो साथै यहाँ मेला लागेको छ । मन्दिर परिसरमा रहेको शिव मन्दिर देखि पार्वती मन्दिरसम्म पगडी बाँधिएको छ ।
मन्दिरहरूमा विशेष पूजा अर्चना सहित अग्नीकुण्ड, सांस्कृतिक कार्यक्रम समेत गरिने हरिनन्देश्वर महादेव मन्दिर व्यवस्थापन समिति सदस्य संंजय झाले जानकारी दिए । जिल्लाको बिभिन्न ठाउँबाट मन्दिरमा जल चढाउने दर्शनार्थीहरूको भिड लागेको हो ।
जिल्लाको लालेश्वर महादेव मन्दिर ललापट्टी, महादेव मन्दिर राजदेवी मठ, मन्दिर स्थित शिव मन्दिर लगायत जिल्लाभरीको शिवालयमा भक्तजनहरू घुँइचो लागेको छ ।
यसैगरी ब्रह्माकुमारी राज्य योग सेवा केन्द्र राजबिराज द्वारा शान्ति यात्राको आयोजना गरी मनाएको छ । उक्त र्यालीमा मधेश प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री महेश प्रसाद यादब सहितको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |