राजविराज । जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी महिला सँघ नेपाल सप्तरीको अध्यक्षमा रमिला देवी साह सर्वसम्मतिवाट चयन भएकी छिन ।
बिहीवार राजबिराजमा समाजवादी महिला सँघको पहिलो जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।
गठित उपाध्यक्षमा मन्जु खडका, आशा कुमारी साह, सचिवमा नितु पण्डित, सह सचिवमा आशा कुमारी तमागं, सुस्मिता साह, गिता मण्डल र कोषाध्यक्षमा उषा कुमारी देवले रहेका छिन ।
यसैगरी सदस्यहरूमा ममता कुमारी दास, सबिता यादब, आशा देवी साह, सरनिता यादब, तिलेदेवी रजक, रिमा चौधरी, ममिना खातुन, बिना देवी यादब नबिना ख्वास रहेको नवनिर्वाचित कोषाध्यक्ष उषा कुमारी देवले जानकारी दिइनँ ।
उक्त अवसरमा जसपा नेपालका केन्द्रिय सदस्य तथा अधिवेशनको संयोजक गिता यादब तथा जसपा नेपाल केन्द्रिय सदस्य मधेश प्रदेश सभा सदस्य किरण कुमारी साह, मधेश प्रदेश पुर्व उपसभामुख तथा केन्द्रिय सदस्य उपमा देव, जसपा केन्द्रिय सदस्य पुनम यादब, जसपा जिल्ला अध्यक्ष केदार यादब, युवा नेता लक्ष्मण यादब, विद्यार्थी नेता श्याम कुमार यादब लगायतको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |