राजबिराज । कंचनरूप नगरपालिका द्वारा संचालित मेयर कप दोस्रो सिजनको उद्घाटन खेलमा कंचनरूप नगरपालिकाले सप्तकोसीलाई- ७ बिकेट पराजित गर्दै बिजयी सुरुवात गरेका छन ।
शनिवार कंचनरूप नगरपालिका- ९ स्थित खैरवन खेलमैदानमा उद्घाटन खेलमा सप्तकोसी नगरपालिकाले दिएको १ सय ६१ रनको लक्ष्यलाई कंचनरूपले ७ बिकेट गुमाएर बिजयी हात पारेको हो ।
जसमा टिमका लागी प्रविण भुजेलले उत्कृष्ट ब्याटिङ गर्दै ५९ रन, निरज साहले ३२ रन, महानन्नद यादबले ३२ रन, अभिषेक गौतम १४ रन बनाएका थिए । बलिङ तर्फ सप्तकोशीका बिक्रम खडका २ बिकेट र सुरेश यादबले १ बिकेट लिए ।
सप्तकोसी नगरपालिकाले टस जितेर १८ ओेभर ३ बलमा सबै बिकेट गुमाई १ सय ६१ रनको योगफल खडा गरेका थिए ।
जसमा बिक्रम यादब ५८, निराजन यादब ४१ रन, बिक्रम खडका १८ अलोक महासेठ ११ रन, बलिङ तर्फ कंचनरूप नगरपालिका मुकेश सिँह, रौनिक सिँहले ३/३ बिकेट, उमेश चौधरी र शिव राउत २/२ बिकेट लिएका थिए ।
उक्त खेलको प्लेयर अफ दि म्याच प्रविण भुजेल घोषित भएको आयोजक समितिका आकाश गुप्तााले जानकारी दिएका छन ।
कंचनरूप नगरपालिका द्वारा आयोजित मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको एक कार्यक्रम प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादबले ब्याटिङ र नगरप्रमुख ललन प्रसाद यादबले बलिङ गर्दै उद्घाटन गरेका थिए ।
उक्त उद्घाटन सत्रमा नेकपा एमाले नेता सुमनराज प्याकुरेल, उप नगरप्रमुख मुन्ना पोखरेल, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |