राजबिराज । राजविराज – बिटौरी तथा ब्लक जग्गा धनीहरूले लालपुर्जा को माग गर्दै राजबिराज बजार बन्द गरेका छन् । आइतबार बिटौरी तथा बल्क जग्गाधनीहरूले बिहान देखी राजबिराज बजार बन्द गराएको हो ।
राजविराज नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै बजार बन्द गरेको छ ।
राजविराज हटियामा निर्माणाधीन व्यवसयीक कम्प्लेक्स अविलम्व निर्माण हुनुपर्ने, नयाँ बसपार्क सञ्चालन हुनुपर्ने, नगरका निर्माणाधीन सडकहरूको काम सक्नुपर्ने लगायतका माग छन् ।
यस्तै साकेत पार्क निर्माण, राजरंगशालाको स्तरोन्नति, कन्या छात्रावासको निर्माण र राजविराजको सिसिटिभी क्यामेरा प्रकरणका दोषीलाई समेत कारबाहीको माग गरिएको सङ्घर्ष समितिका ईर्साद अन्सारीले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |