राजबिराज । राजबिराज नगरपालिका द्वारा आयोजित सर्वदलीय बैठकबाट राजबिराज नगरपालिकाको–बिटौरी तथा ब्लक जग्गाधनीहरुको लालपुर्जा समाधानका लागी समिति गठन गर्ने निर्णय गरियो ।
आइतबार बिटौरी तथा बल्क जग्गाधनीहरूको सङ्घर्ष समिति र राजबिराज नगरपालिकासहित सरोकारवाला पक्ष, राजनीतिकदलहरू सँगको सर्व दलीय बैठकबाट समिति निर्माण गरी उक्त समितिले १५ दिन भित्र प्रतिवेदन पेश गर्ने निर्णय गरिएको छ ।
राजबिराजको ७० बिगाहा क्षेत्रमा बिटौरी रसिदको आधारमा बसोवास गर्ने बिटोरीको समस्या समाधान गर्न लगायत विकासका अन्य समस्याहरूको छलफल गर्न समिति बनाउने निर्णय भएको नगरपालिका योजना अधिकृत मनोज कुमार यादबले जानकारी दिए ।
समस्या समाधान गर्ने समितिमा राजबिराज नगरपालिकाको अधिकृत प्रतिनिधिको संयोजक रहने गरी ८ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ ।
यसैगरी समितिको सदस्यहरूमा भुमि आयोग सदस्य प्रतिनिधि, नापी अधिकृत प्रतिनिधि, मालपोत अधिकृत प्रतिनिधि, आन्दोलन पक्ष तर्फबाट दुई जना प्रतिनिधि, राजबिराज नगरपालिका कानुनी सल्लाहकार, राजबिराज नगरपालिका एक जना प्रतिनिधि रहने गरी समिति निर्माण गरी समस्याको समाधान खोज्ने बताईएको छ ।
यसैगरी सर्वदलीय बैठकबाट हाल बिटौरी समस्याको सन्दर्भमा राजबिराज नगर क्षेत्रमा भइरहेको आन्दोलन तत्काल स्थगित गरिएको सङ्घर्ष समितिका ईर्साद अन्सारीले जानकारी दिए ।
राजविराज नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै सङ्घर्ष समितिले राजबिराज बजार बन्द गरेका थिए ।
राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत परविनको अध्यक्षतामा आयोजित सर्वदलीय बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, पुर्व मन्त्री उमेश यादब, पूर्व राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रमुख जिल्ला अधिकारी भोला दहाल, जसपा नेपाल नेता भिमराज यादब, जसपा नेपाल सप्तरी अध्यक्ष केदार यादब, प्रमुख नापी अधिकृत सुमन किसोर मिश्र, सप्तरी प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, लगायतको उपस्थिति रहेको थियो ।
राजविराज हटियामा निर्माणाधीन व्यवसयीक कम्प्लेक्स अविलम्ब निर्माण हुनुपर्ने, नयाँ बसपार्क सञ्चालन हुनुपर्ने, नगरका निर्माणाधीन सडकहरूको काम सक्नुपर्ने लगायतका माग छन् ।
यस्तै साकेत पार्क निर्माण, राजरंगशालाको स्तरोन्नति, कन्या छात्रावासको निर्माण र राजविराजको सिसिटिभी क्यामेरा प्रकरणका दोषीलाई समेत कारबाहीको माग गरिएको संघर्ष समितिका ईर्साद अन्सारीले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |