राजबिराज । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश छनौट प्रतियोगितामा सप्तरीले सिरहालाई ४९ रनले पराजित गर्दै बिजय भएका छन ।
बाराको कलैयामा सोमवार भएको खेलमा टस जितेर सिरहाले सप्तरीलाई ब्याटिङ गर्न दिएपछि सप्तरी ४७ ओभरमा सबै बिकेट गुमाई १ सय ८२ रनको योगफल खडा गरेका थिए ।
जसमा सप्तरीका रोहन बिकले उत्कृष्ट ब्याटिङ गर्दै ७३ रन, बिकास दासले ४३ रन बनाउदै अविजित रहे भने नितेश यादब (ए) १९ रन जोडेका थिए । बलिंग तर्फ सिरहाका रूपेश सिँहले ५ बिकेट, अफरूद्विन रैन ३ बिकेट लिएका थिए ।
जवाफमा सिरहाले ३९ ओभरमा सबै बिकेट गुमाई १ सय ३९ रन मात्र बनाउन सकेका थिए । जसमा शैलेन्द्र साहले ३४ रन, नउमिर अहमद १९ रन, तथा अनवर अलीले १२ रन बनाएका थिए ।
बलिंग तर्फ सप्तरीका पप्पु यादब ३ बिकेट तथा अभिषेक कार्की र कर्ण बिक २/२ बिकेट, नितेश यादब (ए) र नितेश यादब (बि) समान १/१ बिकेट लिएका थिए ।
उक्त खेलमा सप्तरीका प्लेयर अफ दि म्याच रोहन बिक घोषित भएको सप्तरी टिमका म्यानेजर राहुल सिँहले जानकारी दिएका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |