कंचनपुर, सप्तरी । कंचनरूप नगरपालिका द्वारा संचालित पालिकास्तरीय मेयर कप दोस्रो सिजनको खेलमा सुरूगां नगरपालिका र तिलाठी कोईलाडी गाउपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न भएको पहिलोमा खेलमा सुरूगां नगरपालिकाले आयोजक कंचनरूप नगरपालिकालाई ६ बिकेट पराजित गर्दै रन रेटको आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ भने तिलाठी कोईलाडिले छिन्नमस्ता गाउँपालिकालाई दुई बिकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
यता छिन्मस्ताले दिएको १ सय २१ रनको लक्ष्य तिलाठीले १८ ओभर ४ बलमा ८ बिकेट गुमाएर जित हासिल गरे सँगै सेमिफाइनलमा स्थान पक्का गरेका छन ।
पहिलो खेलमा कंचनरूप नगरपालिकाले दिएको ९६ रनको लक्ष्य सुरूगां नगरपालिकाले १४ ओभर ४ बलमा ४ बिकेट गुमाएर जित हात पारेको हो ।
जसमा टिमका कप्तान कुन्दन पासवानले उत्कृष्ट ब्याटिंग गर्दै ३८ रन नटआउट को पारी खेलेपछि जित सहज भएको थियो । अर्का ब्याटर ओमप्रकाश चौधरीले पनि नटआउट खेलदै ३० रन जोडेका थिए भने चन्दन यादबले १३ रन बनाएका थिए । बलिगं तर्फ कंचनरूपका मुकेश सिँहले ४ बिकेट र शिव राउतले १ बिकेट लिएका थिए ।
टस जितेर सुरूगां नगरपालिकाले कंचनरूपलाई ब्याटिंग गर्न दिएपछि कंचनरूपले १९.५ ओभरमा सबै बिकेट गुमाई ९६ रनको योगफल खडा गरेका थिए । जसमा मुकेश सिँह १४ रन, प्रविण भुजेल १२ रन बाहेक कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेन ।
सुरूगां नगरपालिकाको कसिलो ब्याटिंग र फिल्डिङ गरेपछि कंचनरूपले ठुलो स्कोर गर्न नसक्दा सेमिफाइनलमा प्रवेश गर्न सकने, सुरूगांका ओमप्रकाश चौधरीले किफायती बलिंग गर्दै ३ बिकेट, बिकेश चौधरीले २ बिकेट, कुन्दन पासवान, शंभु मण्डल, रामकुमार चौधरीले समान्य १/१ बिकेट हात पारेका थिए ।
खेलको प्लेयर अफ दि म्याच बिजय टिमका ओम प्रकाश चौधरी घोषित भएको आयोजक समितिका आकाश गुप्ताले जानकारी दिए ।
दोस्रो खेलमा टस जितेर तिलाठी कोईलाडिले छिन्मस्तालाई ब्याटिंग गर्न दिएपछि छिन्मस्ताले २० ओभरमा ९ बिकेट गुमाएर १ सय २१ रनको योगफल खडा गरेका थिए ।
जसमा गुणान्नद राय २० रन, कृष्ण राय १९ रन, बिक्की राय १३, रितिक यादब १२ रन बनाएका थिए । बलिंग तर्फ तिलाठीका बिशाल शर्मा ३ बिकेट, बिष्णु मण्डल, उज्जवल झा २ बिकेट र धिरज मण्डल १ बिकेट लिएका थिए ।
यता तिलाठी कोईलाडिका उज्जवल झा ३२ रन, बिष्णु मण्डल १९ रन, मोहम्मद गुडु १८ रन, धिरज मण्डलले १० रन बनाएका थिए।
बलिंग तर्फ छिन्मस्ताका रेबती राय ३ बिकेट, गुणान्नद राय २ बिकेट तथा रितिक यादब र क्षति रायले समान १/१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच बिजयी टिमका उज्जवल झा घोषित भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |