राजबिराज । त्रिभुवन विश्वविद्यालयले श्री महेन्द्र बिन्देश्वरी बहुमुखी (मबिब) क्याम्पसका क्याम्पस प्रमुखमा उपप्राध्यापक रामअशिष यादव नियुक्त गरेका छन् ।
यादवलाई विश्वविद्यालयले निमित क्याम्पस प्रमुखकाे जिम्मेवारी दिएकाे हाे । तत्कालीन क्याम्पस प्रमुख राजिवकुमार मिश्रकाे पदावधि माघ २८ गते समाप्त भएदेखि क्याम्पस प्रमुख पद रिक्त रहेको थियो ।
निमित क्याम्पस प्रमुखकाे जिम्मेवारी प्राप्त गरेका यादवले बुधबार पदभार ग्रहण गरेका हुन् । यादवले पदभार ग्रहण गरेपछि क्याम्पसकाे शैक्षिक वातावरण सुधार गर्दै पठान पाठन नियमित गराउने प्रतिबद्धता जनाए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |